आज पनि प्रतिनिधिसभाको बैठक बस्दै, यी मन्त्रीले मौखिक जवाफ दिने
काठमाडौं। संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ।
नयाँबानेश्वरस्थित संसद भवनमा दिउँसो १ बजे बस्ने आजको बैठकमा सभामुख देवराज घिमिरेले संयुक्त समिति अन्तर्गतको संसदीय सुनुवाइ समिति तथा प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ।
यस्तै, बैठकमा केही मन्त्रीले सांसदहरुले उठाएका प्रश्नको उत्तर दिने कार्यक्रम रहेको छ। आज स्वास्थ्य तथा जनसङ्ख्या, बन तथा वातावरण, कृषि तथा पशुपक्षी विकास र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यक्रम छ।
यसैगरी, उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सुरक्षित कारोबार ९पहिलो संशोधन० विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । बैठकमा सांसद प्रतिमा गौतमले डेङ्गुको प्रकोपबारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment