जहाज दुर्घटनामा मृत्यु भएकाको शव शुक्रबारसम्म परिवारलाई बुझाइने
काठमाडौं। सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएका व्यक्तिहरुको पोष्टमार्टम त्रिवि शिक्षण अस्पतालमा भइरहेको छ।
बुधबार बिहान त्रिभुवन विमानस्थलमा नै सो विमान दुर्घटना हुदा १८ जनाको मृत्यु भएको थियो। मृतकको शवलाई पहिचानका लागि शिक्षण अस्पतालमा राखिएको छ । शुक्रबारसम्म पोष्टमार्टम गरि परिवारजनलाई शव बुझाउने तयारी गरिएको छ।
मृतकको शवहरु पहिचान हुन नसक्ने अवस्थामा रहेको र एउटा शव पहिचान गर्न चार घण्टा लाग्ने शिक्षण अस्पतालका फरेन्सीक विभाग प्रमुख डा गोपाल कुमार चौधरीले जानकारी दिए। उनले अन्य अस्पतालबाट पनि चिकित्सक मगाएर पोष्टमार्टमलाई समयमा नै सम्पन्न गर्ने बताए।
शिक्षण अस्पतालमा मृतकका परिवारहरु पुगेका छन्। उनीहरु अस्पताल परिसरमा भावविह्वल अवस्थामा रहेका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment