परराष्ट्रमन्त्री डा राणासँग युएइ र इजरायली राजदूतको शिष्टाचार भेट

डिसी नेपाल
९ साउन २०८१ २०:४३
36
Shares

काठमाडौं। परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग नेपालका लागि संयुक्त अरब इमेरेट्सका राजदूत अब्दुल्ला अल सामसीले आज परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेट गरेका छन्।

त्यस भेटका अवसरमा द्विपक्षीय सम्बन्ध र पारस्परिक चासोका विविध विषयमा कुराकानी भएको मन्त्रालयले जनाएको छ।

त्यसैगरी आजै मन्त्री डा राणासँग नेपालका लागि इजरायली राजदूत हानान गोदर गोल्डबर्गरले पनि शिष्टाचार भेट गरे। परराष्ट्र मन्त्रालयमा भएको सो भेटमा नेपाल इजरायल सम्बन्धका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *