कीर्तिपुरका मेयर राजकुमार नकर्मीको निधन

डिसी नेपाल
११ साउन २०८१ ८:५५
240
Shares

काठमाडौं। कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ। उपचारका क्रममा वीर अस्पतालमा मेयर नकर्मीको गएराति निधन भएको हो।

मेयर नकर्मी लामो समयदेखि मृगौला रोगबाट ग्रसित थिए । लामो समयदेखि डायलसिस गराउँदै आएका मेयर नकर्मी पछिल्लो १ महिनायता स्वास्थ्य अवस्था गम्भिर बनेको थियो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद ढकालका अनुसार उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि केही समय नगरपालिकामा राखिने र आजै अन्त्येष्टि गरिने छ । नगरपालिकाले आज एक सूचना जारी गरी नकर्मीको निधनमा नगरपालिकाले शोक बिदा दिइएको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *