किसानको गुनासोः बाढीले धानबाली बगायो, दूध बिक्री भएन

डिसी नेपाल
१२ साउन २०८१ ११:४८
172
Shares

दाङ।  राप्ती गाउँपालिका–६ पत्थरगढवास्थित मनिराम चौधरीले वर्षात्ले धानबाली बगाएकामा चिन्ता व्यक्त गरे। स्थानीय खोलामा तटबन्ध नहुँदा यसरी बर्सेनि किसानले लगाएको धान बगाउने गरेको उनले गुनासो गरे।

“किसानको सम्पत्ति भनेकै खेतीपाती हो, त्यही पनि भेलले बगाइदिन्छ”, उनले भने, “यस्तो भएमा हामीले कसरी जीवन निर्वाह गर्न सक्छौँ ।” प्रत्येक वर्ष यसरी खेत बगाउने समस्या भएकाले तटबन्धको व्यवस्थापन गरिदिनुपर्ने उनको माग छ।

त्यस्तै समशेर अलीले पनि आफूले दुई सय भैँसीपालन गरेको भए पनि उत्पादित दूधको बजारीकरण गर्न नसकिएको गुनासो गरे। यसमा स्थानीय सरकारले सहयोग गर्नुपर्ने माग राखे।

“मैले दुई सय भैँसीपालन गरेको छु”, उनले भने, “हामीले उत्पादन गरेको दूध बजारीकरण हुन सकेको छैन, अनि कसरी किसानलाई फाइदा हुन्छ ।” उनले अनुदानको व्यवस्थापन पनि हुनुपर्ने बताए। किसानका लागि राज्यले उचित न्याय गर्नुपर्ने उनको माग छ।

उत्पादनलाई नै पालिकाले प्राथमिकता राखेको राप्ति गाउँपालिका अध्यक्ष प्रकाश विष्टले बताए। उनले राप्ती गाउँपालिकाको सबैभन्दा बढी कृषकहरु पत्थरगढवामा रहेको जनाउँदै सोही ठाउँमा विकासका लागि पहल गरिरहेको बताए।

उत्पादनलाई नै पालिकाले प्राथमिकता राखेको भन्दै तटबन्ध तथा कलभर्ट निर्माणको कार्यका लागि लागि रहेको बताए। दूधलाई बजारीकरणका लागि पहल थाल्ने उनको भनाइ छ। कुलो मर्मत, तरकारी बजारीकरण, तटबन्ध निर्माणका कुरा माग भएको उहाँले बताउनुभयो । त्यति मात्रै नभई समयमा मल, बीउको उपलब्धताका विषयमा पनि कुरा उठेको अध्यक्ष विष्टले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *