दाङमा गुडिरहेको एक ट्रकमा आगलागी

डिसी नेपाल
१३ साउन २०८१ ११:३७
80
Shares

घोराही। दाङमा गुडिरहेको एक ट्रकमा आगो सल्किएपछि जलेर नष्ट भएको छ। पूर्व-पश्चिम राजमार्गअन्तर्गत महेन्द्रनगरबाट दाङको लमही आउँदै गरेको सुदुरपश्चिम प्रदेश ०१-००१ ख ३३३७ नम्बरको ट्रकमा आफैँ आगलागी भएर जलेर नष्ट भएको हो।

आइतबार विहान लमही नगरपालिका-९ चाउखोलानजिक जंगल क्षेत्रमा गुडिरहेको समयमा करिव ४: २५ बजेको समयमा ट्रकमा आगलागी भएको हो। प्रारम्भिक अनुसन्धान अनुसार वायरिङ सर्ट भएर आगो लागेको हुन सक्ने प्रहरीको अनुमान छ।

ट्रकमा लागेको आगो बिहान सवा ५ बजेतिर लमही नगरपालिकाको दमकल र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको छ। ट्रकमा चालकसहित तीन जना सवार थिए। आगो निभाउन प्रयास गर्दा कञ्चनपुर जिल्ला कृष्णनगर नगरपालिका-२ निवासी ३८ वर्षीय रमेशदत्त जोशी सामान्य घाइते भएका छन्।

ट्रक चालकलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *