खोलाले बगाउँदा एक जनाको मृत्यु

डिसी नेपाल
१६ साउन २०८१ २२:२६
32
Shares

तुलसीपुर। दाङमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार शान्तिनगर–४ स्थित चिराघाट खोलाले बगाउँदा तुलसीपुर–२ झारगाउँ निवासी ६७ वर्षीय तेजबहादुर भण्डारीको मृत्यु भएको हो।

गिधनिया आफन्तको घर गएर फर्किने क्रममा उनलाई खोलाले बगाएको हो। तेजबहादुर भाइ ६४ वर्षीय भाइ चेतबहादुरसँग गएका फर्किने क्रममा खोलाले दुवै दाजुभाइलाई बगाएको थियो। भाइ चेतबहादुर पौडी खेलेर निस्केका थिए भने दाजु तेजबहादुरलाई एक किलोमिटर तलबाट मृतावस्थामा उद्धार गरिएको प्रहरीले बताएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *