अदानचुली गाउँपालिका पूर्वउपाध्यक्ष ऐडीको उद्धार
सिमकोट। हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिका–५ बारी गाउँकी पूर्वगाउँपालिका उपाध्यक्ष सौमत रावल (ऐडी)लाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। सुत्केरी हुने समय नपुग्दै उनले शिशु जन्माउने क्रममा बेहोस हुँदा आज साँझ उद्धार गरिएको जिल्ला अस्पताल हुम्लाका सरिता बोहराले बताए।
ऐडीले मंगलबार शिशु जन्माएर रातिदेखि रगत धेरै बगिरहेको र साल अड्किएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत हेलिकप्टर मगाएर उद्धार गरिएको सिनियर अनमी बोहराले बताए। मंगलबार गाउँमै रहेको बारी गाउँ स्वास्थ्यचौकीमा उपचार गर्दा पनि उपचार सम्भव नभएपछि स्वास्थ्य सेवा कार्यालय, जिल्ला प्रशासन कार्यालय हुम्लाको पहलमा उद्धार गरिएको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment