चर्चित शास्त्रीय संगीतकार गुरुदेव कामतको निधन
काठमाडौं। शास्त्रीय संगीतका चर्चित गुरुदेव कामतको निधन भएको छ ।
सिरहास्थित लक्ष्मीपुरतारी गाउँपालिका–२ पोखरभिण्डा घर भएका ६८ वर्षीय कामतको आफ्नै निवासमा आज बिहान निधन भएको हो। उनी मधुमेह बढेपछि ६ दिनदेखि खान र बोल्न छाडेर गम्भीर सिकिस्त विमारी रहेका थिए।
दुबै मिर्गौला काम गर्न छाडेपछि ६ महिनादेखि आफ्नै घरमा थला परेका कामतको डायलिस उपचार लहानस्थित रामकुमार उमा प्रसाद प्रादेशिक अस्पतालमा दुई दिन बिराएर भइरहेको थियो। आज बिहान डायलिससका लागि लहान ल्याउन तयार भएको अवस्थामा उनले अन्तिम श्वास लिएको परिवारजनले जनाएको छ ।
दस वर्षको उमेरमै गाउँघरमा मनोरञ्जनका लागि गरिने नाटक स्टेज कार्यक्रमबाट चम्किएका गुरुदेव कामतले भारतको इलाहावाद र पश्चिम मङगालबाट शास्त्रीय संगीत सिकेका थिए। २०६१ सालदेखि काठमाडौंमा गुरुकल संगीत पाठशाला खोलेर सयौलाई संगीत सिकाएका कामतलाई ६ महिना पहिले दुबै मिर्गौला काम गर्न छाडेपछि काठमाडौंमा उपचार गराएर डायलोसिस नियमित गराउन चिकित्सकहरुले दिएको सल्लाह अनुसार लहानमा डाइलोसिल गराउँदै आइरहेका थिए ।
उनका तीन छोरा एक छोरी रहेका छन्। उनको आजै दिउँसो २ बजे पोखरभिण्डामा अन्तिम दाह संस्कार गरिने परिवारजनले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment