बाघको आक्रमणबाट कञ्चनपुरमा एक महिलाको मृत्यु
कञ्चनपुर। कञ्चनपुरको दोधाराचाँदनीमा बाघको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ।
आफ्नै खेतबारीमा धान गोड्ने क्रममा बिहीबार बिहान १०ः ४५ बजेको समयमा बाघले एक्कासी आक्रमण गर्दा दोधाराचाँदनी नगरपालिका (२ की २० वर्षीया हिरा शाहको मृत्यु भएको प्रहरीले जनाएको छ।
बाघले महिलालाई आक्रमण गरेको स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरीले खोजतलास गर्दा महिलालाई उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment