तत्काल सरकारमा जाने कुनै तयारी छैनः राजेन्द्र लिङ्देन (भिडियो)

डिसी नेपाल
१७ साउन २०८१ १५:३०
24
Shares

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले तत्काल सरकारमा जाने कुनै तयारी नरहेको बताए।

बिहीबार काठमाडौंमा पार्टीको जिल्ला अध्यक्षहरुको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले सरकारमा जाने भन्ने कुरा परिस्थितिले निर्माण गर्ने भन्दै तत्काल सरकारमा जाने कुनै तयारी नरहेको बताएका हुन्। सरकारमा जाने बिषय व्यक्तिगत चाहनाले मात्रै निर्णय हुन नसक्ने उनले बताए।

संसदको गणित र राष्ट्रिय राजनीतिमा सरकारमा रहदा वा नरहदा के फरक रहन्छ भन्ने बिश्लेषण पार्टीले गर्ने लिङ्देनले बताए। उनले यसअघि केहि समय सरकारमा रहदा केहि महत्वपूर्ण काम गर्न सफल भएको दावी गरे ।

त्यस्तै अध्यक्ष लिङदेनले पार्टीले उठाएका एजेण्डलाई प्रभावित हुने कुनै पनि काम नेतृत्वबाट नहुने भन्दै यसअघि भएका गल्ती कमजोरीलाई सुधार गरेर अघि बढ्ने स्पष्ट पारे । उनले संविधानको आधारभूत कुराहरुमा नै पार्टीको फरक मत रहेकाले संविधान संशोधनको पक्षमा आफुहरु रहेको जिकिर गरे।

साउन १८ गतेसम्म चल्ने उक्त भेलामा देशका ७७ वटै जिल्ला अध्यक्षहरूको सहभागिता रहेको छ । बैठकमा जिल्ला अध्यक्षहरूले आफ्नो जिल्लाको साङ्गठनिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *