गुरु बराल एमालेको उपाध्यक्ष मनोनीत

डिसी नेपाल
१७ साउन २०८१ १६:४७
120
Shares

काठमाडाैं। नेकपा एमालेले गुरु बराललाई पार्टीको उपाध्यक्ष पदमा मनोनीत गरको छ।

बिहीबार काठमाडौंमा बसेको एमाले सचिवालय बैठकले रिक्त उपाध्यक्षमा स्थायी कमिटी सदस्य बराललाई मनोनीत गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए।

त्यस्तै बैठकले मुकुन्द न्यौपाने र मधेश प्रदेशका पोलिटब्युरो सदस्य रहेका लीलानाथ श्रेष्ठलाई स्थायी कमिटी सदस्यमा मनोनीत गर्ने निर्णय गरेको उनले बताए।

त्यस्तै १७ जना नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनित गरिएको उनले बताए।

बैठकले बिभिन्न आयोगमा सदस्य मनोनयन समेत गरिएको महासचिव पोखरेलले जानकारी दिए। बैठकले प्रदेशको इन्चार्जहरुको जिम्मेवारी हेरफेर समेत गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *