झ्यालको डन्डी काटेर सिंहदरबार हिरासतबाट भागे २ थुनुवा

डिसी नेपाल
२५ साउन २०७६ ११:०६

काठमाडौं। महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट दुई जना थुनुवा भागेका छन्।

उनीहरु शनिबार विहान हिरासतबाट भागेको महानगरीय प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले बताएका छन्।

उनका अनुसार ती दुई थुनुवा झ्यालको डन्डीलाई ह्याक्सो ब्लेडले काटेर भागेका हुन्। उनीहरुको अहिले खोजी कार्य भइरहेको उनले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *