मुलुकको समस्या समाधान गर्न अहिलेको व्यवस्थाले सक्दैन, विकल्प खोजौँ– कमल थापा

डिसी नेपाल
१८ साउन २०८१ १९:०४
12
Shares

काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा अहिले कायम वेतिथी, विकृतिको अन्त्यको निमित्त देशले बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति खोजिरहेको बताएका छन्। ‘भ्रष्टाचार, बेरोजगारी, धर्मपरिवर्तन, आर्थिक मन्दी लगायतका समस्या समाधान गर्न अहिलेको राज्य प्रणालीले सक्दैन’ थापाले भने।

अहिलेको व्यवस्था असफल सावित भैसकेको अब विकल्प खोज्नुपर्नेमा उनको जोड थियो। मुलुकलाई सहि दिशा दिनको लागि आन्दोलनको विकल्प नभएको भन्दै थापाले बलियो संगठन निर्माण गरेर आन्दोलनको तयारीमा जुट्न कार्यकर्ताहरुलाई आग्रह गरे।

देशव्यापी संगठन सुदृढीकरण अभियान संचालन आजको प्रमुख आवश्यकता भएको चर्चा गर्दै थापाले महाधिवेशनको मितिलाई मध्यनजर गरेर इकाई अधिवेशनको काम सम्पन्न गर्नुपर्ने समेत बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *