एकीकृत समाजवादीको केन्द्रीय कमिटीले पायो पूर्णता (नामावली सहित)

डिसी नेपाल
१८ साउन २०८१ १९:३७
200
Shares

काठमाडौं। नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ।

पार्टी कार्यालय आलोकनगरमा बसेको केन्द्रीय कमिटी बैठकले ३ सय ४४ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

पार्टीको विधानमा २१ पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय कार्य समिति हुने उल्लेख रहेपनि आकांक्षी धेरै भएपनि समाजवादीले केन्द्रीय कमिटी ३४४ सदस्यीय बनाएको हो। खतिवडाले केन्द्रीय सदस्यहरुको सपथ ग्रहणपछि बैठक बसेर छिटै पदाधिकारी चयन गर्ने जानकारी दिए।

यसअघि महाधिवेशनले अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसहित ९३ सदस्यीय कमिटी घोषणा गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *