अग्निपीडितलाई आर्थिक सहयोग

डिसी नेपाल
१९ साउन २०८१ १७:०९
24
Shares

बोदेबरसाइन। सप्तरी उद्योग वाणिज्य संघ राजविराजले अग्निपीडितलाई आर्थिक सहयोग गरेको छ।

संघले आज एक कार्यक्रम आयोजना गरी गत असार ३१ गते बोदेबरसाइन नगरपालिका–५ मा जिबिएन मोबाइल एण्ड इलेक्ट्रिकल पसलमा भएको आगलागी पीडित राजनकुमार साहलाई आर्थिक सहयोग प्रदान गरेको हो।

रु एक लाख एक हजार संकलन गरी व्यवसायी सुरक्षित कोषमार्फत पीडित परिवारलाई रकम हस्तान्तरण गरिएको संघ संस्थापक अध्यक्ष लालुप्रसाद अग्रवालले जानकारी दिए।

आगलागीबाट राजन साहको पसल र घर जलेर क्षति भएको थियो। नगरप्रमुख देवनारायण साह, सङ्घका महासचिव अमृत सञ्चेती, सल्लाहकार बैजु जोशी, सदस्य सन्तोष सिन्हा, सुरेन्द्रप्रसाद साह, वडाध्यक्ष वीरेन्द्र यादव र स्थानीयको उपस्थितिमा उक्त रकम हस्तान्तरण गरिएको उनले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *