पेरिस ओलम्पिकको महिला फुटबलको सेमिफाइनल समीकरण पूरा
काठमाडौं। जारी पेरिस ओलम्पिकको महिला फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ। गएराति सम्पन्न क्वाटरफाइनलका खेलहरु सकिएसँगै सेमिफाइनलको समीकरण पूरा भएको हो।
क्वाटरफाइनलमा ब्राजिलले फ्रान्सलाई १-० गोल अन्तरले पराजित गरेको छ भने जर्मनीले क्यानडालाई पेनाल्टी सुट आउटमा ४-२ ले पराजित गरेको छ।
त्यस्तै स्पेनले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४-२ अन्तरले पराजित गरेको थियो भने अमेरिकाले जापानलाई १-० गोल अन्तरले पराजित गरेको थियो।
अब सेमिफाइनलमा अमेरिकाले जर्मनीको सामना गर्ने छ भने ब्राजिलले स्पेनको सामना गर्ने छ। सेमिफाइनलका खेलहरु आगामी मंगलबार हुने छन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment