सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका शाहको दाबी पेस

डिसी नेपाल
२० साउन २०८१ १३:१८
28
Shares

धनगढी। नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलका नेता कमलबहादुर शाहले सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्।

शाहले आइतबार प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन्।

आज बसेको कांग्रेस सुदूरपश्चिम संसदीय दलको बैठकले शाहलाई मुख्यमन्त्रीमा अघि सार्ने सर्वसम्मत निर्णय गरेको थियो। शाहले एमाले र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा दाबी पेस गरेका छन्।

५२ सदस्यीय सुदूरपश्चिममा कांग्रेसका १८, एमालेका १० र नाउपाका ७ सांसद रहेका छन्।

नेकपा एकीकृत समाजवादीका दीर्घबहादुर सोडारीले शुक्रबार राजीनामा दिएका थिए।

शुक्रबार नै प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा दाबी गर्न आज साँझ ५ बजेसम्मको समय दिएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *