विश्वकप लिग-२ को सिरिजका लागि नेपालको प्रारम्भिक टिमको घोषणा, को-को परे ?

डिसी नेपाल
२० साउन २०८१ २०:३७
4.2k
Shares

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी सेप्टेम्बरमा हुने क्यानडा र ओमानविरुद्धको आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिजका लागि २२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । क्यानले कप्तान रोहित पौडेलसहित २२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो ।

नेपालले क्लोज क्याम्पका लागि बोलाएका खेलाडीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ सेख, अनिल शाह, देव खनाल, भिम सार्की, आरिफ सेख, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलशन झा, कमल सिंह ऐरी, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजबंशी, सुर्य तामाङ, बसिर अहमद, आकाश चन्द, सगर ढकाल र सन्दीप जोरा रहेका छन्।

नेपालले लिग(२ अन्तर्गत अहिलेसम्म ४ खेल खेलेको छ । जसमा एक खेल मात्र जितेको छ भने ३ खेलमा हार बेहोरेको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *