अल्कारेजलाई हराउँदै जोकोभिचले जिते पेरिस ओलम्पिकमा स्वर्ण

डिसी नेपाल
२१ साउन २०८१ ७:४०
28
Shares

काठमाडौं। सर्बियाका स्टार टेनिस खेलाडी नोभाक जोकोभिचले २०२४ पेरिस ओलम्पिकमा पुरुष सिंगल्समा स्वर्ण पदक जितेका छन्।

उनले स्पेनका कार्लोस अल्कारेजलाई हराएर विम्बल्डन २०२४ मा आफ्नो हारको बदला लिएका छन्।

रोमाञ्चक खेलमा जोकोभिचले अल्कारेजलाई ७-६(७-३), ७-६(७-२) ले हराएका थिए।

यो जितसँगै जोकोभिचले आफ्नो करियरमा पहिलो पटक ओलम्पिकमा स्वर्ण पदक जितेका छन्। त्यस्तै अल्कारेजले पहिलो ओलम्पिक पदक रजत पदक जितेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *