विमानस्थल नजिकै एक होटलमा आगलागी

डिसी नेपाल
२१ साउन २०८१ १६:०९
212
Shares

काठमाडौं। काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै एक होटलमा आगलागी भएको छ।

सिनामंगल–तिलगंगा सडक खण्ड अन्तर्गत विमानस्थलको तत्लो गेट बिपरिततर्फ रहेको सिटी होटेलको माथिल्लो तल्लामा आगलागी भएको हो।

आगलागी भएपछि काठमाडौं महानगर र विमानस्थलको बारुणयन्त्रले नियन्त्रणमा लिएको थियो। आगलागीका कारण माथिल्लो तल्लामा रहेको गोदामका सामानहरु जलेर नष्ट भएको छ।

होटल सञ्चालक भरत लामिछानले विद्युत सर्ट भइ आगलागी भएको हुनसक्ने भन्दै लाखौँको धनमाल जलेर नष्ट भएको बताए।

आगलागीको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.