क्युवाली पहलवानको कीर्तिमान, लगातार पाँच ओलम्पिकमा स्वर्ण पदक

डिसी नेपाल
२३ साउन २०८१ ११:११
28
Shares

काठमाडौं। क्युवाली पहलवान मिजान लोपेजले लगातार पाँच ओलम्पिकमा स्वर्ण पदक जितेर इतिहास रचेका छन्।

केही सातामा ४२ वर्ष पुग्न लागेका लोपेजले चिलीकी रेस्लर यास्मिन अकोस्टालाई हराएर यो कीर्तिमान आफ्नो नाममा बनाएका हुन्। उनले पुरुष ग्रीको रोमन कुस्तीको १३० केजी तौल समूहमा स्वर्ण पदक जितेर लगातार पाँचौं पटक व्यक्तिगत उपाधि जितेका हुन्।

मिजान लोपेजले आफ्नो पाँचौं स्वर्ण पदक जितेपछि आफ्नो जुत्ता म्याटमा छोडेपछि उनले ग्रीको-रोमन कुस्तीबाट सन्यास लिएको भनिएको छ । तर, उनले औपचारिक रुपमा घोषणा भने गरेका छैनन्।

यसअघि उनले लगातार चार पटक स्वर्ण पदक जित्ने कीर्तिमान कार्ल लुइस (लामो जम्प), माइकल फेल्प्स (२०० मिटर पौडी), केटी लेडेकी (स्विमिङ ८०० मिटर फ्रीस्टाइल), अल ओर्टर (डिस्कस थ्रो), पॉल एल्भस्ट्रोम (नौकायन) र काओरी इको (कुश्ती) सँग बराबरी गरेका थिए।

लोपेज तीन वर्षपछि सन्यासबाट फर्किएका हुन्। मिजान लोपेजले आफ्नो २३ ओलम्पिक खेलमध्ये एक खेलमा मात्र हार बेहोरेका छन्। लोपेजले सन् २००४ एथेन्स ओलम्पिकमा क्वार्टरफाइनलमा हार बेहोरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *