काभा महिला भलिबलको उपाधि भारतलाई

डिसी नेपाल
२३ साउन २०८१ १९:२८
304
Shares

काठमाडौं। काभा महिला भलिबल नेसन्स लिगको उपाधि भारतले जितेको छ। बुधबार भएको फाइनल खेलमा घरेलु टोली नेपाललाई हराउँदै भारतले उपाधि जितेको हो।

भारतले नेपाललाई ३–२ सेटले पराजित गरेको हो। पहिलो सेटमा २५–२३ ले विजयी भएको नेपाल दोस्रो सेटमा १४–२५ ले पराजित भएको थियो। तेस्रो सेट भने नेपालले २५–२२ ले जितेको थियो।

त्यसपछि भने लगातार दुई सेटमा पराजित हुँदै नेपाल उप विजेतामा सिमित भयो। नेपाल चौथो सेटमा २१–२५ र पाचौँ तथा अन्तिम सेटमा ५–१५ ले पराजित भयो।

योसँगै नेपाल प्रतियोगिताको उपविजेता बनेको छ। त्यस्तै इरानले आजै सम्पन्न तेस्रो स्थानको खेलमा श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ।

पाँच देशले भाग लिएको यस प्रतियोगितामा श्रीलंका चौथो भएको छ भने माल्दिभ्स लिग चरणबाट बाहिरिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.