ओलम्पिकमा फाइनल खेल्न नपाएकी विनेश फोगटले छोडिन् कुस्ती

डिसी नेपाल
२४ साउन २०८१ ७:४७

काठमाडौं। पेरिस ओलम्पिकको कुस्तीको ५० केजी समूहको फाइनलमा बढी तौलका कारण अयोग्य भएकी भारतकी खेलाडी विनेश फोगाटले कुस्तीलाई अलविदा गरेकी छन्।

पेरिस ओलम्पिकको फाइनलबाट बाहिरिएपछि विनेशले सामाजिक सञ्जालमार्फत कुस्ती छोडेको घोषणा गरेकी छन्।

विनेशले लेखेकी छन्- ‘आमा, कुस्तीले मलाई जित्यो, म हारेँ। माफ गर तिम्रो सपना, मेरो हिम्मत टुट्यो। मसँग अहिले यो भन्दा बल छैन। अलविदा कुश्ती २००१-२०२४’ उनले अगाडि लेखेकी छन्-‘म तपाईहरु सबैको सधै ऋणी रहनेछु। क्षमा।’

उनलाई बुधबार ५० केजी समूहको फाइनलमा पुगेर स्वर्ण पदकको खेल खेल्नु अघि उनको तौल १०० ग्राम बढी भएको भन्दै फाइनल खेल अयोग्य घोषित गरिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *