महिला भलिबल फ्रेन्चाइज लिग टोलीको नाम सार्वजनिक
काठमाडौं। नेपालमा पहिलो पटक आयोजना हुन लागेको महिला भलिबल फ्रेन्चाइज लिग एभरेष्ट वुमन्स भलिबल लिग टोलीको नाम आज सार्वजनिक भएको छ।
इन्फिनिटी ड्रिम्सद्वारा यहाँ आयोजित कार्यक्रममा प्रतियोगितामा विभिन्न छ फ्रेन्चाइज टोलीको सहभागिता हुने जानकारी दिइयो। जसमा काठमाडौं, ललितपुर, गण्डकी, चितवन, कर्णाली र मधेसबाट टिम राखिएको छ।
इन्फिनिटी ड्रिम्सले महिला फ्रेन्चाइज लिगका लागि नेपाल भलिबल संघसँग सात वर्षका लागि यसअघि नै सम्झौता गरिसकेको छ। लिग गरेवापत कम्पनीले भलिबल संघलाई वार्षिक रु २५ लाख दिनेछ। उक्त प्रतियोगिताको मिति भने सार्वजनिक गरिएको छैन।
आयोजक इन्फिनिटी ड्रिम्सका प्रबन्ध निर्देशक आमिर अख्तरले केही दिनमै मिति सार्वजनिक पनि गरिने जानकारी दिए। त्यस्तै फ्रेन्चाइज टोलीले केही दिनमै आ–आफ्नो टोलीको नाम सार्वजनिक गरिने बताइएको छ। कार्यक्रममा मधेसले भने आफ्नो टोलीको नाम मधेस युनाइटेड राखेको जानकारी दिइयो।
प्रतियोगिताको लागि प्रत्येक टोलीमा १२ जना खेलाडी हुनेछन्। त्यसमा नौ जना नेपाली र तीन जना विदेशी खेलाडी रहने आयोजकले जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment