परराष्ट्र मन्त्रीसँग बेलायती राजदूतको शिष्टाचार भेट
काठमाडौं। परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग नेपालका लागि बेलायतका राजदूत रोबर्ट फेनले आज मन्त्रालयमा शिष्टाचार भेट गरे।
त्यस अवसरमा नेपाल बेलायत सम्बन्धका विविध पक्षका साथै आपसी हित र पारस्परिक सहयोगका विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।
सन् १८१६ देखि सुरु भएको नेपाल र बेलायतबीचको औपचारिक सम्बन्ध त्यसबेलादेखि नै सौहार्दपूर्ण रहीआएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment