बाढीका कारण भारतमा कम्तीमा ९५ को मृत्यु
केरला । मनसुनका कारण उत्पन्न बाढीमा परेर भारतका दक्षिणी र पश्चिमी राज्यमा कम्तीमा ९५ जनाले ज्यान गुमाएका छन्। विवरणहरूका अनुसार हजारौँलाई प्रभावित क्षेत्रबाट स्थानान्तरण गरिएको छ।
मृत्यु हुनेमा ४० जना भन्दा बढी केरला राज्यका बासिन्दा रहेको बताइएको छ। बाढी प्रभावितहरूलाई अधिकारीहरूले अग्ला स्थानमा बस्ने कोशिस गर्न आग्रह गरेका छन्।
जूनदेखि सेप्टेम्बर महिनासम्म भारतमा वर्षाको प्रभाव पर्ने गर्छ।प्रकोप व्यवस्थापनमा खटिएका अधिकारीहरूका अनुसार केरलामा एक लाख भन्दा बढीलाई आपत्कालीन राहत शिविरहरूमा सारिएको छ।
ती क्षेत्रमा थप केही दिन वर्षा नरोकिने पूर्वानुमानबीच सेनाले हवाईमार्गबाट खाद्य सामग्री पुर्याउने प्रयत्न गरिरहेको बताइएको छ। पछिल्लो १०० वर्षमा सबैभन्दा बढी प्रभाव पारेको बाढीका कारण गत वर्ष केरला राज्यमा २०० भन्दा बढीले ज्यान गुमाएका थिए।
भारतको दक्षिण-पश्चिमी राज्य कर्नाटक र पश्चिमी राज्य महाराष्ट्रमा पनि भीषण वर्षा भइरहेको बताइएको छ।बीबीसीको सहयोगमा
No ads found for this position



डिसी नेपाल
Facebook Comment