खेलकुद सचिवले हिजोको कार्यक्रममा हाम्रो अपमान गरेः सांसद कल्पना मियाँ
काठमाडौं। सांसद कल्पना मियाँ कुसहारीले युवा तथा खेलकुद मन्त्रालयका सचिवले अपमान गरेको बताएकी छिन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद कल्पना मियाँले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित कार्यक्रममा खेलकुद मन्त्रालयका सचिव सुमनराज अर्यालले अपमान गरेको गुनासो गरेका छन् ।
‘हिजो याक एन्ड यतिमा भएको खेलकुद मन्त्रालय र युवा परिषदको कार्यक्रममा हामीलाई अपमान गरियो, सम्मान दिन सकिँदैन भने अपमान कम्तिमा नगरौं, हामी(सांसद)लाई अपमान हुने कार्यक्रम अब देखी नराखौं,’ उनले संसदमा भनिन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment