स्पेनिस ला लिगा शुरु, दुवै खेल बराबरीमा रोकिए

डिसी नेपाल
३२ साउन २०८१ ७:४१
64
Shares

काठमाडौं। स्पेनिस ला लिगाको नयाँ सिजन शुरु भएको छ। गएरातिबाट सुरु भएको नयाँ सिजनका शुरुका दुवै खेल बराबरीमा सकिएका छन्। सिजनको पहिलो खेलमा एथलेटिको बिलबाओ र गेटाफेले १-१ को बराबरी खेलेका छन्।

एथलेटिक बिल्बाओका लागि खेलको २७औं मिनेटमा ओइहान सान्सेटले शुरुवाती गोल गरेका थिए भने खेलको ६४औं मिनेटमा क्रिससान्टस उचेले गेटाफेका लागि गोल गर्दै खेल बराबरी गरेका थिए।

यस्तै गएराति नै सम्पन्न अर्को खेलमा जिरोना रियल बेटिससँग १-१ को बराबरीमा रोकिएको छ। गत सिजन तेस्रो स्थानमा रहेको जिरोना यस सिजनको पहिलो खेलमा बराबरीमा रोकिएको हो।

खेलको छैटौ मिनेटमा नै मार्क बार्ट्राले गोल गर्दै रियल बेटिसलाई अग्रता दिलाएका थिए भने खेलको ७२औं मिनेटमा गाब्रियल मिसेहोउयीलेव गोल गर्दै जिरोनालाई हारबाट जोगाएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.