रास्वपाले डा. मुकुल ढकाललाई अन्तिम पटक स्पष्टीकरण सोध्ने

डिसी नेपाल
५ भदौ २०८१ १३:३२
48
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निवर्तमान महामन्त्री डा. मुकुल ढकाललाई पार्टीबाट निष्कासन गर्नुअघि अन्तिम पटक स्पष्टीकरण सोध्ने भएको छ।

बुधबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले डा. ढकाललाई पार्टीबाट निष्कासन गर्नुअघि अन्तिम पटक स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

यसअघि रास्वपाले उनलाई पार्टी हितविपरीत गतिविधि गरेको भन्दै साधारण सदस्यता कायम राख्दै महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाउने निर्णय गरेको थियो।

डा. ढकालले भने कानुन अनुसार आफु अहिले पनि पार्टीको महामन्त्री र प्रवक्ता रहेको दाबी गर्दै आएका छन् भने निर्वाचन आयोगमा समेत रास्वपाको निर्णय कानुन विपरित भएको भन्दै निवेदन दिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *