दशौँ राष्ट्रिय खेलकुद समयमै हुनेछः मन्त्री चौधरी

डिसी नेपाल
५ भदौ २०८१ १८:३०
8
Shares

खजुरा। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै हुने बताएका छन्। नेपाल प्रेस युनियन बाँकेद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले कर्णाली प्रदेशमा हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता समयमा सञ्चालन हुनेगरी तयारी भइरहेको बताएका हुन्।

मन्त्री चौधरीले प्रदेश राजधानी सुर्खेतमा हुने प्रतियोगिताका खेलहरू समयमै सुरू गर्नेगरी रंगशाला निर्माण प्राथमिकताका साथ भइरहेको बताए। ‘प्रतियोगितामा सहभागी हुने खेलाडीको व्यवस्थापन गर्न गाह्रो हुने भएकाले केही खेलहरू नेपालगञ्जमा गर्ने विषयमा पनि छलफल भइरहेको छ, त्यसका लागि आवश्यक तयारी सुरू गरिएको छ। सुर्खेतमा खेल पूर्वाधार निर्माण धमाधम भइरहेका छन्’, उनले भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *