अड्किएका फाइल २४ घण्टाभित्र छिनोफानो गर्न पर्यटनमन्त्री पाण्डेको निर्देशन

डिसी नेपाल
५ भदौ २०८१ २०:४४
36
Shares

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मन्त्रालय मातहतका निकायले आफ्ना काम चुस्त र परिणाममुखी बनाउन निर्देशन दिएका छन्।

आज मन्त्रालयको संस्कृति महाशाखाअन्तर्गतका निकायका पदाधिकारीसँग ‘समस्या, चुनौती र समाधानका उपाय’ विषयक छलफल कार्यक्रममा मन्त्री पाण्डेले असोज महिनाभित्र प्रत्येक निकायले कार्य प्रगति विवरण पेस गर्न कर्मचारीलाई निर्देशन दिए।

‘मन्त्रालयमा कुन फायल कहाँ अड्किएको छ त्यसको २४ घण्टाभित्र छिनोफानो गर्नुहोला। यसैगरी त्रैमासिक समीक्षा गर्ने बेलासम्म बजेट भाषण र रेडबुकमा परेका कार्यक्रमका बारेमा अनिवार्य रूपमा जानकारी गराउनुहोला’, उनले भने, ‘असोज महिना आउनुअघि नै योजना कार्यान्वयनका लागि के के गर्छौं ? गर्नसक्ने कार्यक्रम केके हुन् ? गर्न नसक्ने काम केके हुन् ? यस सन्दर्भमा अनिवार्य रूपमा गृहकार्य गर्दै अघि बढ्नू।’

मन्त्री पाण्डेले कामको प्राथमिकता निर्धारण तथा नीतिगत सुधारका लागि चुस्त शैलीमा काम गर्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ‘गर्नुपर्ने कामको प्राथमिकीकरण, नीतिको सूचीकरण, काुनन निर्माणको प्राथमिकताका साथै संरचनागत रूपमा कहाँ—कहाँ त्रुटि छ ? त्यसबारेमा संवेदशील भएर अघि बढ्नुपर्छ’, उनको भनाइ थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *