नाडा अटो शो सुरु (तस्विरसहित)
काठमाडौं। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भृकुटीमण्डपमा आजदेखि नाडा अटो शो सुरु गरेको छ। शोको उद्घाटन अर्थमन्त्री विष्णु पौडेलले गरेका हुन्।
१६ भदौसम्म सञ्चालन हुने अटो शोमा ५५ ब्रान्डका गाडीहरू प्रदर्शनीमा राखिएको छ। नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले हरेक बर्ष बृहत् अटो शो गर्दै आएको छ। यसपटकको अटो शो भाद्र १६ गतेसम्म आयोजना हुने बताइएको छ।
नाडा अटो शोमा विभिन्न ब्राण्डका दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे गाडीका स्टलसँगै विभिन्न अटोमोबाइल कम्पोनेन्ट, टायर, ट्युव, लुब्रिकेन्ट तथा एसोसरिजका स्टलहरू रहेका छन्। नाडाले अटो शो अवधिभर करिब ७५ हजारले अवलोकन गर्ने अपेक्षा आयोजकले जनाएको छ।

No ads found for this position
प्रतिक्रिया


Facebook Comment