कश्मीर मामिला : भारतीय सीमातर्फ बढ्दै पाकिस्तानी सेना

डिसी नेपाल
२६ साउन २०७६ २१:५५
8
Shares

इस्लामावाद (एजेन्सी) । भारत प्रशासित जम्मू कश्मीरको विशेषाधिकार खारेजपछि भारत र पाकिस्तानबीच तनाव बढिरहेका बेला पाकिस्तानी सेना भारतर्फ अगाडि बढेको बताइएको छ ।

पाकिस्तानी पत्रकार अहमद मिरले पाकिस्तानी सेना भारत र पाकिस्तानलाई अलग गर्ने जम्मू कश्मीरको अस्थायी सीमा रेखा लाइन अफ कन्ट्रोल (एलओसी) तर्फ अगाडि बढेको सामाजिक सञ्जालमा लेखेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

भारतले धारा ३७० खारेज गरेपछि भारत र पाकिस्तानबीच तनाब बढेको छ । पाकिस्तानले भारतीय कदमको विरोध गर्दै आइरहेको छ। उसले भारतसँगको कुटनीतिक सम्बन्ध कटौती गरेको छ भने व्यापारिक र यातायात सम्बन्ध पूर्णरुपमा तोडेको छ । यहीबीचमा पाकिस्तानी सेनालाई जम्मू कश्मीरको सीमा रेखामा मुभमेन्ट गर्न पाकिस्तान सरकारले अनौपचारिक आदेश दिएको एक पाकिस्तानीको हवला दिँदै भारतीय सञ्चार माध्यमहरुले लेखेका छन्।

यद्यपी पाकिस्तानी सेनाको मुभमेन्टबारे स्वतन्त्र पुष्टि भने हुन सकेको छैन । यसैबीच पाकिस्तानले अन्तरदेशीय रेल सम्झौता एक्सप्रेस स्थगित गरेपछि भारतले पनि सो रेल सेवा स्थगित गरेको जनाएको छ । बाघा–अटारी सीमा हुँदै सम्झौता एक्सप्रेस नामक रेल भारत र पाकिस्तानबीच सेवा दिँदै आएको थियो। तर, भारत र पाकिस्तानबीच उत्पन्न पछिल्लो तनावपछि यो रेल सेवा बन्द गरिएको छ । बस सेवा पनि बन्द गरिएको छ ।


No ads found for this position

प्रतिक्रिया

One thought on “कश्मीर मामिला : भारतीय सीमातर्फ बढ्दै पाकिस्तानी सेना”

Leave a Reply

Your email address will not be published. Required fields are marked *