पवित्र तीर्थस्थल ‘बौद्धनाथ स्तुप’ (फाेटाे फिचर)
काठमाडौं। काठमाडौँ शहरको पूर्वी भागमा अवस्थित प्रसिद्ध बौद्ध स्तूप एउटा पवित्र तीर्थस्थल हो । यो स्तूप नेपालको सबैभन्दा ठूला गोलाकार भएको स्तूप हो । काठमाडौं उपत्यकामा रहेका स्तुपहरूमध्ये सबैभन्दा ठुलो स्तुप हो, बौद्धनाथ स्तुप ।
बौद्धनाथ दक्षिणबाट मुगलको आक्रमण पश्चात १४औं शताब्दी तिर बनेको थियो। यद्यपि यसको निर्माण सम्बन्धि धेरै रोचक कथाहरू रहेको छ। सन् १९५९ तिब्बत माथि चीनको आक्रमणले गर्दा हजारौ संख्यामा आएका तिब्बती शरणार्थीहरू नेपाल आए पश्चात बौद्धनाथ स्तूप तिब्बती बुद्ध धर्मको महत्त्वपूर्ण केन्द्र बनेको थियो।
बौद्धनाथ युनेस्को विश्व सम्पदा क्षेत्रमा सन् १९७९ देखि रहेको छ। स्वयम्भूनाथ सँग सँगै बौद्धनाथ पनि काठमाडौँको सबैभन्दा बढि पर्यटकहरूले हेर्ने स्थान मध्ये एक रहेको छ। सेतो रङले पोतिएको विशाल गुम्बज आकारको यस स्तूप उत्साहका साथ परिक्रमा गर्ने गर्दछन्। यस स्तूपको निर्माण ज्यजीमा (कुखुरा गोठाल्नी) देछोग ले गरेका थिए। जसको कथा श्रुतिमुक्ति नामक ग्रन्थ उल्लेख छ।






















No ads found for this position


Facebook Comment