आयुर्वेद चिकित्सा अध्ययन-अनुसन्धान केन्द्र बनाउने तयारी भइरहेको छः मुख्यमन्त्री कार्की

डिसी नेपाल
२३ भदौ २०८१ २१:०४
68
Shares

झापा। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले झापाको कमल गाउँपालिकामा रहेको प्रादेशिक आयुर्वेद अस्पताललाई आयुर्वेद चिकित्सा अध्ययन–अनुसन्धान केन्द्र बनाउने तयारी भइरहेको बताएका छन्।

आज अस्पतालमा अन्तरंग, इसिजी, एक्स–रेलगायत सेवा विस्तार कार्यको उद्घाटन गर्दै उनले अस्पतालको सेवा विस्तारसँगै आयुर्वेद क्षेत्रको समग्र विकासका लागि विज्ञ सम्मिलित कार्यदल नै बनाएर आवश्यक नीतिनियम र कार्यक्रमसहितको योजना ल्याउने काम भइरहेको जानकारी दिए। मुख्यमन्त्री कार्कीले कार्यदलको सुझावका आधारमा आयुर्वेद क्षेत्रको विकासका लागि प्रदेश सरकारले आवश्यक निर्णय लिने बताए।

उनले अस्पतालको स्तरोन्नति र विकासका लागि प्रतिष्ठानका रूपमा लैजान आवश्यक काम थालिसकेको बताए। उनले भने, “यो अस्पताल आफैँ सक्षम बन्ने किसिमको योजनाअनुसार अघि बढ्नुपर्छ । त्यसमा प्रदेश सरकारको साथ र सहयोग रहन्छ।”

कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्माले जनशक्ति अभाव पूर्ति गर्नका लागि प्रदेश सरकारबाट आवश्यक सहयोग गरिने प्रतिबद्धता जनाए।

अस्पतालका निमित्त निर्देशक डा सिद्धार्थ ठाकुरले अस्पतालले पु¥याउँदै आएको सेवाका बारेमा जानकारी गराए। उनले कोशी प्रदेशभरका बिरामीलाई विशिष्ट सेवा दिने लक्ष्यअनुसार आफूहरूले सेवा विस्तार गरेको स्पष्ट पारे। अस्पतालमा दैनिक सय जनाको हाराहारीमा आयुर्वेद स्वास्थ्य सेवा लिन आउने बिरामी आउने गरेको निमित्त निर्देशक ठाकुरले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *