कोरोना बिमाको भुक्तानी बारेको रिट न्यायाधीश मुसलमानको इजलासमा

डिसी नेपाल
२४ भदौ २०८१ १२:४८
24
Shares

काठमाडौं। कोरोना बिमाको रकम माग गर्दै बिमा कम्पनीहरुले सर्वोच्च अदालतमा हालेको रिटमा आज पेशी तोकिएको छ। यो मुद्दाको पेशी सर्वोच्चका न्यायाधीश अव्दुल अजीज मुसलमानको एकल इजलासमा तोकिएको छ।

निर्जीवन बिमा कम्पनीहरुको छाता संगठन नेपाल बिमक संघले सरकारसँग रकम माग्दै आइतबार सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए।

सरकारले रकम नदिदा कोरोना बिमाको दाबी भुक्तानी हुन नसकको भन्दै कम्पनीहरू सर्वोच्च गएका हुन्। सरकारले कोरोना बिमा रकम भुक्तानी नगरेको भन्दै बिमक संघले रकम भुक्तानी पाउन अन्तरिम आदेश माग गरेको छ।

कोरोना महामारीका बेला बिमितले गरेको कोरोना बिमा वापतको अहिलेसम्म करिब ११ अर्ब रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *