रोल्पाको फलबाङ र मङरारुमा पहिरोमा परी मृत्यु हुनेको संख्या चार पुग्यो
रोल्पा। रोल्पाको सुनछहरी गाउँपालिका–२ का फलबाङ र मङरारुमा पहिरोमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ।
पछिल्लो पटक थप एक जनाको शव फेला परेसँगै पहिरोमा परी बेपत्ता भएका सबैको अवस्था खुलेको हो।
सुनछहरी गाउँपालिका–२ मङरारुकी करिब ६४ वर्षीया लामी घर्ती पहिरोमा परी बेपत्ता भएकी थिइन्। उनको खोजी गर्ने क्रममा शुक्रबार दिउँसो २: ३० बजे भान्साघरमा पहिरोले पुरिएको अवस्थामा शव फेला परेको हो।
लामी घर्तीको शव फेला परेसँगै फलबाङ र मङरारुमा पहिरोमा परी बेपत्ता भएका सबैको अवस्था खुलेको छ। उक्त घटनामा हालसम्म चार जनाको मृत्यु भएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment