प्रधानसेनापति सिग्देलद्वारा पदभार ग्रहण

डिसी नेपाल
२४ भदौ २०८१ १७:५२
72
Shares

काठमाडौं। प्रधानसेनापति अशोकराज सिग्देलले सोमबार पदभार सम्हालेका छन्।

राष्ट्रपति कार्यालय शितल निवासमा पद तथा गोपनीयताको सपथका साथै दर्ज्यानी चिह्न ग्रहण गरेपछि प्रधासेनापति सिग्लेलले जंगीअड्डा पुगेर पदभार ग्रहण गरेका हुन्। सैनिक परम्परा अनुसार नवनियुक्त प्रधान सेनापति महारथी सिग्देललाई जंगीअड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो। त्यसैगरी उनले सैनिक मञ्च टुँडिखेल र छाउनी स्थित वीर स्मारकमा श्रद्धान्जली अर्पण समेत गरेका थिए

२०२३ माघ १९ गते रुपन्देही जिल्लामा जन्मिएका प्रधानसेनापति सिग्देल २०४३ सालमा अधिकृत क्याडेटको रूपमा सैनिक सेवामा प्रवेश गरेका थिए। २०८१ श्रावण २५ गतेबाट उनले कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी सम्हाल्दै आएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *