‘हिंसा’ शब्द असंसदीय नभएको सभामुखको ठहर, माओवादीको आपत्ति

डिसी नेपाल
२६ भदौ २०८१ १४:२९
56
Shares

काठमाडौं। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रतिनिधि सभामा सांसद योगेश भट्टराईले प्रयोग गरेको हिंसा शब्द संसदीय नै रहेको बताएका छन्।

बुधबार प्रतिनिधि सभामा उनले विषय, प्रसंग र प्रस्तुतिलाई विचार गर्दा योगेश भट्टराईले प्रयोग गरेको हिंसा शब्द असंसदीय नदेखिएको बताएका हुन् ।

‘प्रतिनिधि सभा नियमावली २०७९ को नियम २१ मा भएको व्यवस्था, भदौ १८ गते बसेको कार्य व्यवस्था परामर्श समितिमा भएको छलफल र सचिवालयको रायसमेतको आधारमा विषय, प्रसंग र प्रस्तुतिलाई विचार गर्दा उक्त हिंसा शब्द असंसदीय नदेखिएको हुँदा संसद्को अभिलेखबाट हटाउन नपर्ने व्यहोरा जानकारी गराउँछु,’ सभामुख घिमिरेले भने।

भदौ १२ गतेको प्रतिनिधि सभाको बैठकमा योगेश भट्टराईले विशेष समयमा बोल्ने क्रममा नेकपा (माओवादी केन्द्र) लाई लक्षित गरी हिंसा शब्द प्रयोग गरेका थिए। उक्त शब्दबारे माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति जनाएका थिए।

उक्त शब्द असंसदीय रहेकाले संसदको अभिलेखबाट हटाउनुपर्ने माओवादीको माग थियो।

उनले भने, ‘यसमा अहिले आएको व्याख्यामा हाम्रो दल विरोध गर्छ। यो बेठिक भएको छ। संविधान भन्दा माथि अरु कोही हुँदैन। यसरीनै संविधान र शान्ति प्रक्रियाको विपरित शब्द प्रयोग गर्दै जान मिल्दैन।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *