समन्वयसहित रचनात्मक ढंगले काम गर्न मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन

डिसी नेपाल
२७ भदौ २०८१ १७:२५
16
Shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएको लक्ष्य हासिल गर्ने कामलाई समन्वयसहित रचनात्मक ढंगले पूरा गर्न मन्त्रीहरुलाई निर्देशन दिएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज आयोजित कार्यसम्पादन सम्झौता कार्यक्रममा प्रधानमन्त्री ओलीले के गर्ने, के हासिल गर्ने भन्ने थाहा नभइकन कार्यालय आउने र जाने प्रथालाई अन्त्य गर्दै विगतमा आफू प्रधानमन्त्री हुँदा यस प्रकारको पद्धति बसालेको बताएका छन्।

‘हामी टिम स्पिरिटमा काम गर्छौं, एकार्कालाई सहयोग गर्छौँ। लोकतन्त्रका र जनताका हित गर्दै सुशासन र सुरक्षा कायम गर्न प्रतिबद्ध छौँ भन्ने यी सम्झौतामा समावेश गरिएका छन्। हामीले यस बमोजिम थप दृढताका साथ काम गर्नुपर्ने छ,’ प्रधानमन्त्री ओलीले भने।

उनले पूर्वमन्त्रीहरुसँगका काम लाग्ने अनुभवबाट पनि सिक्ने र सम्झौतामा नभएका तर देशका लागि गर्नुपर्ने देखिएका काम गर्न आग्रह गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *