कांग्रेसको अरु पार्टीलाई सिध्याउने नीति छैनः देउवा

डिसी नेपाल
२७ भदौ २०८१ १८:५९
44
Shares

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कुनै पार्टीलाई पनि सिद्धाउने नीति कांग्रेसको नरहेको स्पष्ट पारेका छन्।

बिहीबार कांग्रेस मुख्यालय सानेपामा कांग्रेसले नेतृत्व गरेका उत्कृष्ट गाऊँ/नगरपालिकालाई सम्मान गर्दै सभापति देउवाले मुलुकको आवश्यता अनुसार एमाले–कांग्रेस मिलेर सरकार बनाएको भन्दै अरु पार्टीलाई सिध्याउने नीति कांग्रेसको नभएको बताएका हुन्।

देशभरका आम पार्टीका नेताहरुको भावनाअनुसार नै एमालेसंग मिलेर सरकारमा गएको उहाले बताए। उनले दुईदलबीच भएको सहमतिअनुसार अहिले केपी ओली प्रधानमन्त्री भएको र दुई बर्षपछि ओलीले आफुलाई प्रधानमन्त्री पद दिने जिकिर गरे।

देउवाले मुलुकलाई अघि बढाउन सबैलाई मिलाएर लैजान चाहेको बताउनुभयो । उहाले कांग्रेसलाई कमजोर बनाउने काम समेत भएकाले सचेत भएर अघि बढ्नुपर्नेमा जोड दिए। उनले आफ्नो उमेरका कारण रिटायर्मेन्ट लिने बेला भएको भन्दै पार्टीर्लाइ अघि बढाउन युवा शक्तिहरु एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए।

सभापति देउवाले नयाँ पुस्ताहरुले पार्टीलाई अघि बढाउन चिन्ता गर्नुपर्ने जिकिर गरे। कांग्रेसले नेतृत्व गरेका गाऊँ/नगरपालिकालाई विभिन्न विधामा उत्कृष्ट घोषणा गर्दै सम्मान गरेको थियो।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *