एमालेको सचिवालय बैठक बस्दै

डिसी नेपाल
२८ भदौ २०८१ ११:५६

काठमाडौं। नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ। बैठक केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ।

यसअघि भदौ १८ र १९ गते बसेको एमाले पोलिटब्यूरो बैठकले ‘राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजना’ पारित गरेको र त्यही कार्ययोजनालाई अन्तिमरुप दिन आज बैठक बस्न लागेको बताइएको छ।

आजको बैठकमा वार्षिक कार्ययोजना र तत्कालीन संविधानसभा अध्यक्ष स्वर्गीय सुवास नेम्वाङ केन्द्रीय स्मृति प्रतिष्ठान निर्माणको विषयमा छलफल हुने कार्यसूची रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *