म्यानचेस्टर सिटीको लगातार चौथो जित
काठमाडौं। म्यानचेस्टर सिटीले इङ्लिश प्रिमियर लिगमा लगातार चौथो जित हासिल गरेको छ। गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो।
म्यानचेस्टर सिटीका लागि इर्लिंग हालाण्डले दुवै गोल गरेका थिए। उनले यस सिजनका चार खेलमा ९ गोल गरिसकेका छन्।
त्यस्तै ब्रेन्टफोर्डका लागि योआने विसाले एक गोल गरेका थिए। खेलको पहिलो मिनेटमा नै गोल गरेर सिटीविरुद्ध अग्रता लिएको ब्रेन्टफोर्डले अग्रता जोगाउन नसक्दा हार बेहोरेको थियो।
यो जितपछि म्यानचेस्टर सिटीको ४ खेलमा १२ अंक भएको छ र लिगको शिर्ष स्थानमा रहेको छ। त्यस्तै ब्रेन्टफोर्डको भने ४ खेलमा ६ अंक रहेको छ र लिगमा सातौं स्थानमा रहेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment