इन्जिनियर्स एसोसिएसनको अध्यक्षमा कांग्रेस निकट बराल प्यानलसहित विजयी

डिसी नेपाल
३० भदौ २०८१ १०:३५
92
Shares

काठमाडौं। इन्जिनियरहरुको संस्था नेपाल इन्जिनियर्स एसोसिएसनको अध्यक्षमा नेपाली कांग्रेस निकट सिडेनका उम्मेदवार सुवासचन्द्र बराल विजयी भएका छन्।

उनले निकटम प्रतिद्वन्द्वी विष्णुप्रसाद पाण्डेलाई पराजित गर्दै विजयी भएका हुन्। बरालले ४ हजार ८४२ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्दी पाण्डेले २ हजार ८१० मत प्राप्त गरेका थिए।

२५ सदस्यीय एसोसियसनको केन्द्रीय कार्यसमितिमा ३ जना मात्रै सिडेनबाहिरका विजयी भएका छन् । एसोसियसनको मतदान शक्रबार भएको थियो भने आइतबार विहान मात्र मत गणना सकिएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *