भ्रष्टाचारीलाई जोगाउन वर्तमान सरकार गठन भएको पुष्टि हुँदैछ : नारायणकाजी श्रेष्ठ

डिसी नेपाल
३० भदौ २०८१ १२:१५
40
Shares

काठमाडाैं। नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भ्रष्टाचारीलाई जोगाउन वर्तमान सरकार गठन भएको पुष्टि हुँदै गएको बताएका छन्।

पोष्टबहादुर बोगटीको दशौं स्मृति दिवसमा माओवादी केन्द्रले आइतबार पार्टी कार्यालय पेरिसडाडामा आयोजना गरेको कार्यक्रममा श्रेष्ठले सरकारको पछिल्लो कामकारवाहीलाई हेर्दा भ्रष्टाचारीलाई जोगाउन वर्तमान सरकार गठन भएको पुष्टि हुँदै गएको दाबी गरेका हुन्।

पछिल्लो समय सहकारी प्रकरणमा सांसदहरु मुछिँदै गएकाले उनीहरुलाई कस्तो कारवाही वा अनुसन्धान हुन्छ भन्ने जनताले हेरिरहेको उनले बताए।

श्रेष्ठले माओवादीको जनयुद्ध वा संविधानमा उल्लेख सशस्त्र द्वन्द्वलाई होच्चाउने काम सत्तापक्ष सांसदहरुबाट भएकाले प्रतिवाद गर्नुपरेको दाबी गरे। हिंसा शव्द नै सदनमा प्रयोग हुन सक्दैन भन्ने नभई जनयुद्धका सन्दर्भमा प्रयोग भएको हिंसा शव्दले परिवर्तनलाई नै अपमान गर्ने काम भएको उनले बताए।

श्रेष्ठले समाजवादी मोर्चालाई क्रियाशिल बनाउन सक्रिय भूमिका खेल्ने र जनताको मुद्दाका बिषयमा बिचार मिल्नेसंग सहकार्य गर्दैै अघि बढ्ने जनाए। उनले माओवादी नेतृत्वको सरकारले कुनै गल्ती नगरि राम्रा काम गरेकाले नै सरकारबाट हटाइएको जिकिर गरे।

सरकारबाट बाहिरिएपछि पनि माओवादीलाई आफूले गरेका कामका कारण जनताका अगाडि मुख देखाउन कुनै समस्या नरहेको उनको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *