हनुमान ढोका परिसरमा सामुहिक कुमारी पूजा (तस्विर)

दिपा पौड्याल
३१ भदौ २०८१ १३:२५
16
Shares

काठमाडाैं। काठमाडौंको वसन्तपुरस्थित हनुमान ढोका परिसरमा सामूहिक कुमारी पूजा गरिएको छ।

प्रत्येक वर्ष इन्द्रजात्रा सुरु भएको दोस्रो दिन हरेक बर्ष ५ सय ४ कुमारी पूजा गरिँदै आएको छ। विशेष गरेर राष्ट्र कल्याणको कामना गर्दै यो पूजा गरिने गरिन्छ।

कुमारी पूजा गर्नाले सुख-शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास रहेको छ। त्यस्तै कुमारी पूजा गर्दा उनीहरु रोग आदिबाट सुरक्षित हुने जनविश्वास रहेको स्थानीयहरुको भनाइ छ।

प्रत्येक बर्ष इन्द्रजात्राको मुख्य दिनको अघिल्लो दिन हुने कुमारी पूजालाई १९ बर्ष भन्दा बढी समयदेखि निरन्तरता दिइएको कुमारी पूजा व्यवस्थापन समितिका संयोजक राजन महर्जनले जानकारी दिए।

कुमारीहरुलाई हनुमानढोकामा रहेको तलेजु भवानीको मन्दिर परिक्रमा गराई मूल स्थानमा पूजा गर्ने गरिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *