बेलुका ८ बजेपछि इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल उडाइदिने धम्की आएपछि दिल्लीमा तनाव

डिसी नेपाल
२७ साउन २०७६ २३:२४
4
Shares

नयाँ दिल्ली (एजेन्सी)। भारतको राजधानी नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल उडाइदिने धम्की आएपछि पूरा विमानस्थलमा छानविन शुरु भएको छ। सोमबार राती साढे ८ बजे एकजनाले प्रहरीलाई फोन गरेर ‘विमानस्थल उडाइँदै छ, बचाउन सके बचाओ’ भनेर धम्की दिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

फोन आएपछि अनुसन्धान गरेको प्रहरीले फोन मालिकालाई नियन्त्रणमासमेत लिइसकेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। पक्राउ परेको व्यक्तिले फोन गरेको विषय अस्वीकार गरेकोसमेत जनाइएको छ । दिल्ली प्रहरी पूरा विमानस्थलको जाँच गरिरहेको जनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *