विश्वकप लिग-२ मा आज नेपालले ओमानको सामना गर्दै

डिसी नेपाल
२ असोज २०८१ ७:१६
96
Shares

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमले आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिज अन्तर्गत आज ओमानको सामना गर्दै छ।

यो खेल नेपाली समय अनुसार राति ८: ४५ बजेदेखि ओन्टारियोस्थित किङ सिटी स्टेडियममा हुँदै छ।

सिरिजको पहिलो खेलमा क्यानडाविरुद्ध खराब प्रदर्शन गर्दै १०३ रनको हार बेहोरेको नेपाली टिम यो खेलमा दबाबमा खेल्ने छ। नेपाल र ओमानबीच अहिलेसम्म ७ एकदिवसीय खेल भएका छन्, जसमा नेपालले ३ र ओमानले ४ खेलमा हार बेहोरेको छ।

क्यानले यस सिरिजका लागि रोहितकुमार पौडेलको कप्तानीमा सोमबार १६ सदस्यीय टोली क्यानडा पठाएको छ। नेपाली टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजबंशी रहेका छन्। त्यस्तै देव खनाललाई ट्राभलिङ रिजर्भमा रहेका छन्।

नेपालले लिग-२ मा अहिलेसम्म ५ खेल खेलेको छ। जसमा एक जित हासिल गरेको छ भने ४ खेल हार बेहोरेको छ । त्यस्तै ओमानले अहिलेसम्म खेलेका ४ खेलमा एक जित, २ हार र एक खेल नतिजा बिहिन हुदा अंक बाँडेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *