साहित्यले समाजलाई परिर्वतन गर्न महत्वपूर्ण योगदान दिएको छ: सभामुख घिमिरे

डिसी नेपाल
५ असोज २०८१ २२:५४
16
Shares

काठमाडौं। सभामुख देवराज घिमिरेले प्रतिकूलतालाई चिर्न र समाजलाई सकारात्मक दिशातर्फ लैजानका लागि नेपाली साहित्यले महत्वपूर्ण भूमिका खेल्दै आएको बताएका छन्।

शमी साहित्य प्रतिष्ठानले आज काठमाडौंमा आयोजना गरेको साहित्य, साधना सम्मान तथा पुस्तक लोकार्पण समारोहमा उनले समाजमा चेतना बढाउन र प्रतिकूल अवस्थालाई चिर्न साहित्यले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए। सभामुख घिमिरेले भने, ‘युवा, मधेसी, पहाडीले गर्नु पर्ने काम के हो ? राज्यप्रति हाम्रो दायित्व के हो ? भन्ने विषयमा साहित्यले खासै उजागर गर्न सकेको छैन, अब यस्ता विषय उजागर गर्न जरुरी छ।’

साहित्यकारले गर्नु भएका योगदानले देश परिर्वतनमा टेवा पुगेको भन्दै उनले साहित्यले समाजको सेवा गर्नमा योगदान दिन जरुरी रहेको बताए।

कार्यक्रममा साहित्यकार कृष्ण गौतम, राप्रउ पोखरेल, ज्ञान उदास, रामबाबु घिमिरे, प्रेमविनोद नन्दन तथा कृष्णप्रशाद दाहालसहित छ जना साहित्यकारलाई सम्मान गरिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *